वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र हङकङ खेल्दै
चैत १, २०८१ शुक्रबार
नेपालमा विद्युतीय गाडीको आकर्षण कति धेरै छ भन्ने कुरा आइतबार सकिएको अटो मेलाले पुष्टि गरेको छ ।
अटो मेलामा किया, हुन्डाई, टाटा, महिन्द्रा र रेनो कम्पनीले विद्युतीय गाडी राखेका थिए । सबैजसो गाडीका स्टलमा विद्युतीय गाडी हेर्नेको भिड नै लाग्यो । हुन्डाईले त विद्युतीय गाडी हेर्नेको ताँतीले अरु गाडी छायाँमा परेको भन्दै विद्युतीय गाडीलाई अरु गाडीभन्दा पछाडिको लाइनमा मात्रै राख्यो ।
अटो मेलामा धेरैको आकर्षणमा विद्युतीय गाडी परे । अरु गाडीले २ सय ४० प्रतिशत भन्सार शुल्क तिनुपर्छ, तर विद्युतीय गाडीले जम्मा १० प्रतिशत तिरे पुग्छ ।
अनि सडकमा गुड्दा पनि प्रतिकिलोमिटर जम्मा ३ देखि ५ रुपैयाँ लागत पर्छ । यी लगायत धेरै कुराले नेपालीहरु विद्युतीय गाडीप्रति सकारात्मक छन् । तर धेरैले भन्छन्, ‘चार्जिङ स्टेशन नै छैन, लामो दूरीमा जाँदा के गर्ने ?’
ग्राहकको यस्तै समस्यालाई ध्यानमा राखेर विद्युतीय गाडी बेच्नेहरुले नै ठाउँ ठाउँमा चार्जिङ स्टेशन राखिदिन थालेका छन् । नेपालमा धेरैले रुचाएको किया कम्पनीको गाडी बिक्रेताले पनि ग्राहकलाई यस्तै सुविधा दिएको छ ।
साेउल इभी नामक विद्युतीय गाडी नेपालमा धेरैले प्रयोग गर्न थालेपछि बिक्रेताले चितवनको कुरिनटार र काभ्रेको धुलिखेलमा चार्जिङ स्टेशन राखेको छ ।
‘हुन त हाम्रो गाडी एकपटक चार्ज गरेपछि २ सय किलोमिटरसम्म गुड्छ, तर पनि ग्राहकहरुको सुविधाको लागि कुरिनटारमा चार्जिङ स्टेशन राखेका छौं, अब त ग्राहक ढुक्क भएर पोखरा, चितवन लुम्बिनी लगायतका ठाउँमा जान सक्छन्’ कियाको सहायक प्रवन्धक मनिष लामिछानेले भन्नुभयो, ‘कुरिनटारमा हामीले नेपालकै पहिलो चार्जिङ स्टेशन राखेकाले अब विद्युतीय गाडी काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिर पनि ढुक्कले जान सक्ने भएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bharat Kumar Sunar
Sept. 17, 2018, 7:18 a.m.नेकपा को सरकारले राम्रो विकाश गर्दैछ / दामी होस् ओली सरकारको /
Bhawanishankar Tharu
Sept. 17, 2018, 6:40 a.m.Dear sir Good morning. You are doing great job for our country. Thank you.