बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डाै – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली युगान्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।
एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । युगान्डाकी रिता मुसामालीले ३८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।
प्रतियोगितामा नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार बेहोरेको छ । यसअघिको भेटमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको छ । नेपाल अङ्क तालिकाको पुच्छारमा छ ।
लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले उपाधिका लागि चैत ३ गते फाइनल खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।