साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नेपाली कांग्रेसका नेताहरूले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि संसद्मा कांग्रेस र रास्वपाका सांसदबीच भनाभन भएको छ ।
प्रतिनिधिसभाकाे आजकाे बैठकमा रास्वपाका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमाण्डाैकाे तारकेश्वर नगरपालिकाकाे लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले मिचेको विषय उठाएपछि विवाद भएको हो ।
बैठकमा खनालले काठमाण्डाै क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानअन्तर्गत पर्ने नेपाल सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको आरोप लगाउनुभयो । त्यसपछि कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउन सभामुख देवराज घिमिरेसँग समय मागे पनि पाउनुभएन ।
त्यसपछि शून्य समयमा नै रास्वपा सांसद सुमना श्रेष्ठले पनि त्यही जग्गाबारे बोल्दै कांग्रेस नेताले कब्जा गरेको बताएपछि कांग्रेसका सांसदहरू राजेन्द्र बजगाईं, राजन केसी, सचेतक सुशीला थिङ, कान्तिका सेजुवाललगायतले कुर्सीबाट उठेर विरोध जनाए ।
सांसद केसीले नियमापत्ति जनाउन खोज्दा फेरि पनि सभामुख घिमिरेले समय दिनुभएन । उहाँले सांसदले राखेको विषय तथ्य र प्रमाण एवम सत्यतामा टेकेर राखिएको संसद्ले बुझ्ने भन्दै तत्काल रेकर्डबाटै हटाउन नसकिने तर यसलाई अध्ययन अनुसन्धान गरेर मात्रै हटाउन सकिने भन्दै वादविवाद नगर्न आग्रह गर्नुभयो ।
कांग्रेस सांसदहरूले संसद्मा सीधै पार्टीलाई दोष नदिई जग्गा कब्जा गरेको भएमा व्यक्तिको नाम भन्न माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।