युरोपको रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशतसम्म कर लगाउने अमेरिकाको चेतावनी

 चैत १, २०८१ शुक्रबार ९:४३:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) बाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । अमेरिकी उत्पादनमा ईयूले लगाएको करको बदलामा ट्रम्पको चेतावनी आएको हो ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपको रक्सीजन्य उत्पादन आयातमा नयाँ करवृद्धिको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ईयूले कर वृद्धि तत्काल नहटाए अमेरिकाले चाँडै नै फ्रान्स र अन्य प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै रक्सिजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र व्यापार साझेदार देशहरुमा समेत व्यापार युद्ध शुरू गर्नुभएको विश्लेषकहरुले बताउँदै आएका छन् ।

व्यापार र अन्य नीतिगत मुद्दाहरूमा विभिन्न देशहरूलाई दबाब दिने उपायका  रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आउनुभएको छ । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया