वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल युगाण्डासँग पराजित

 चैत १, २०८१ शुक्रबार ६:५२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युगाण्डामा भइरहेको वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल फेरि पराजित भएको छ । हिजो भएको पाँचौँ खेलमा नेपाल चौथो पटक हारेको हो ।

नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भयो ।

नेपालका लागि कविता जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन बाहेक अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन बनाए । नेपालका रिया शर्माले २ तथा रुविना क्षेत्री, पूजा महतो र इश्वरी बिष्टले समान १ विकेट लिए ।

यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा आज नेपाल र हङकङ खेल्दैछन् । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया