नेपालले हङकङलाई ६ विकेटले हरायो
चैत १, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा आकाश खुलेको छ । लगातार दुई दिनसम्म बेलुकी परेको पानीका कारण केही दिनदेखि घुम्म भएको मौसममा आज केही सुधार आएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार त्रिभुवन विमानस्थलको भिजिबिलिटीमा पनि सुधार भएको छ ।
भिजिबिलिटी कम हुँदा अस्ति विमानस्थलको उडान र अवतरण अवरुद्ध भएको थियो । हिजोसम्म १ हजार पाँच सयसम्म झरेको विमानस्थलको भिजिबिलिटी अहिले भने सामान्य अवस्थाजस्तै ४ हजार पुगेको छ ।
आज पनि काठमाण्डौ उपत्यकामा बेलुकीपख हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौसहित देशका विभिन्न ठाउँमा अस्तिदेखि परेको पानीले प्रदूषण केही घटेको छ ।
वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकमा विश्वकै प्रदुषित शहरमध्ये आज काठमाण्डौ १४ औँ नम्बरमा परेको छ ।
काठमाण्डौ आज आईक्यू एअर सूचकांक एक सय १४ रहेको छ । यसअघि केही दिनदेखि काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये पहिलो, दोस्रो र तेस्रोमै रहँदै आएको थियो ।
त्यस्तै देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकोले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही ठाउँमा हल्का हिमपात तथा मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ ।
यस्तै लुम्बिनी प्रदेशमा पनि मेघगर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।