हुम्लामा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार

 चैत १, २०८१ शुक्रबार ६:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सशस्त्र प्रहरी

काठमाण्डौ – हुम्लाबाट छिमेकी देश चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाम्खा गाउँपालिका ६ यारीबाट ताक्लाकोट जान हिँडेका हुम्लाका ६ जना हिल्साको नारालेकको हिउँमा फसेका थिए ।

उनीहरू हिउँमा फसेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो ।

बीओपीबाट करिब १० किलोमिटर पूर्व दक्षिणतर्फ रहेको ठाउँबाट हिजो बेलुकी ८ बजे उनीहरूलाई उद्धार गरेर हिल्सातर्फ नै ल्याइएको थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया