ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै – दुई दिन लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने बढेको छ । नेप्से मङ्गलवार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ ।
मङ्गलवार बैकिङ समूहको शेयर ४५ दशमलव १३ अङ्कले, व्यापार समूहको एक सय ९० दशमलव ७२ अङ्कले, हाइड्रोपावरको एक सय ५३ दशमलव ०८ अङ्कले, निर्जीवन बीमा समूहको पाँच सय ४३ दशमलव २७ अङ्कले, माइक्रोफाइनान्सको दुई सय ३७ दशमलव ५ अङ्कले र जीवन बीमा समूहको शेयर पाँच सय ५८ दशमलव ६३ अङ्कले बढेको छ ।
मङ्गलवार दुई सय १६ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको २३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
मङ्गलवार माथिल्लो तामाकोशीको शेयर दश प्रतिशतले बढ्दा विशाल बजार, महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स कम्पनीलगायत पाँच कम्पनीको शेयर पनि झण्डै दश प्रतिशतले बढेको छ । आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई बैंकलगायत पाँच कम्पनीको शेयर भने एक प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।