नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

 फागुन २४, २०८१ शनिबार १६:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले आज वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डरअनुसार नेपालको सिनियर पुरुष टोलीले आईसी विश्वकप क्रिकेट लिग–२, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्नेछ ।

यो वर्ष नेपाली सिनियर पुरुष टोलीले आउँदो सेप्टेम्बरमा यूएईमा टेस्ट राष्ट्रसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पनि खेल्नेछ । यो शृङ्खलापछि टोलीले ओमानमा आईसीसी टी–२० विश्वकप छनोट खेल्नेछ ।

यस्तै सिनियर महिला टोलीले मे ७ देखि २१ सम्म थाइल्यान्डमा आईसीसी टी–२० विश्वकप एशिया छनोट र जुनमा इमर्जिङ टिम्स एशिया कप खेल्ने तालिका छ ।

यस्तै १९ वर्षमुनिको पुरुष टोलीले अप्रिल १२ देखि २८ सम्म आईसीसी क्रिकेट विश्वकप एशिया छनोट, एसीसी प्रिमियर कप, एसीसी एशिया कप खेल्ने तालिका छ । यस्तै १९ वर्षमुनिको महिला टोलीले जुलाईमा मलेसिया भ्रमण गर्नेछ ।

यस्तै क्यालेन्डरमा १६ वर्षमुनिको टोलीले खेल्ने प्रतियोगिता पनि समावेश छ । यस्तै घरेलु क्रिकेटमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ । यसअघि अगस्टमा एनपीएलको मिनी अक्शन हुने तालिकामा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया