ईपीएलमा लिभरपुललाई १६ अङ्ककाे अग्रता

 फागुन २५, २०८१ आइतबार ६:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुलले साउथ्याम्पटनलाई हराएकाे छ ।

आफ्नाे घरेलु मैदान एन्फिल्ड सेटेडियममा गएराति भएकाे खेलमा लिभरपुलले साउथ्याम्पटनलाई ३–१ गोलले हरायाे । लिभरपुलका माेहम्मद सलाहले २ र डार्विन नुनेजले १ गाेल गरे । साउथ्याम्पटनका विल स्मलबाेनले १ गाेल फर्काए ।

याे जीतसँगै लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलसँग १६ अङ्कको अग्रता बनाएको छ । लिभरपुलले २९ खेलमा ७० अङ्क जोड्दा आर्सनलको २७ खेलमा ५४ अङ्क छ ।

यस्तै ईपीएल अन्तर्गत गएराति भएका अरू खेलमा नटिङ्घम फरेस्टले म्यानचेस्टर सिटीलाई, क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिलाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १/१ गोलको बरावरी खेलेका छन् ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया