नेपाल शिक्षक महासङ्घद्वारा काठमाण्डौमा प्रदर्शन

 फागुन २४, २०८१ शनिबार १७:१८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल शिक्षक महासङ्घले काठमाण्डौमा प्रदर्शन गरेको छ । माइतीघरमा भेला भएका शिक्षकहरु बानेश्वर पुगेर सभाको आयोजना गरेका छन् ।

विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिन प्रदर्शन गर्नुपरेको उहाँको भनाइ छ ।

महासङ्घले आन्दोलनको पहिलो चरणमा पालिका, जिल्ला र प्रदेश तहमा ध्यानाकर्षणपत्र बुझाउँदै विरोधसभा गरेको थियो ।

काठमाण्डौको प्रदर्शनपछि राजनीतिक दलका पार्टी कार्यालयमा दबाबपूर्ण धर्ना दिने महासङ्घले जनाएको छ ।

संविधान संशोधन गरेर भए पनि शिक्षकसँग भएका विगतका सम्झौता र माग पूरा हुनुपर्ने उनीहरुको माग छ ।

विद्यालय शिक्षा विधेयक १८ महिनादेखि प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा विचराधीन छ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पनि दफावार छलफल शुरू हुन सकेको छैन । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया