कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै – भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको भन्दै उप्रेतीले सचेत रहन सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि भाेलि वर्षा गराउने प्रणाली भित्रने र पश्चिमी क्षेत्रमा वर्षा गराउने बताउनुभयो । तर प्रणाली धेरै बलियो भने छैन । देशमा अब प्रि–मनसुनका गतिविधि बढ्दै जाने जाँदा स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना रहने उहाँले बताउनुभयो ।
हिजो बेलुका काठमाण्डौ उपत्यकामा छिटपुट वर्षा भयो भने इलाम, झापा, खोटाङ, सोलुखुम्बु, दोलखालगायतका जिल्लामा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।
आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १/२ ठाउँमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाकाे सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।