युक्रेनमा सुरक्षा सहायताका लागि २० देश तयार

 फागुन २३, २०८१ शुक्रबार ९:४३:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक रहेका बेलायती अधिकारीहरुले बताएका छन् ।

युक्रेनलाई सहयोग गर्न इच्छुकहरूको गठबन्धनमा सहभागी हुन युरोप र राष्ट्रमण्डलका २० देशले इच्छा देखाएका बीबीसीले जनाएको छ ।

सबै देशहरूले अनिवार्य रूपमा सेना पठाउनुपर्ने नभएर अरु विभिन्न सहयोग प्रदान गर्न सक्ने वेलायतले जनाएको छ । सेना तैनाथ बाहेक अरु के कस्ता सहयोग हुन सक्छन् भनेर पनि छलफल भइरहेको छ ।

बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । यसले युक्रेन र  रूसबीचको युद्धविराम गर्न र शान्ति कायम राख्न काम गर्ने युरोपेली नेताहरुको विश्वास छ ।

बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताउँदै आएका छन् ।

टर्कीले शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने सङ्केत दिएको छ भने आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ । रूसले भने युक्रेनमा युरोपेली सैनिक स्वीकार नगर्ने कुरामा जोड दिएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया