उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै – वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे आफ्नाे पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
हिजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा पानी परेको थियो ।
पानी पर्न रोकिएपछि नामिबियाले डीएलएसका आधारमा १५ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नामिबियाले १ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो । नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् । यस्तै ईश्वरी विष्टले नटआउट १७, कविता जोशीले १६, पूजा महतोले १३ रन बनाइन् । नामिबियाकी विल्का मतिले र मेकेलाए मातिलेले ३/३ विकेट लिए ।
याे शृङ्खलाको अर्काे खेलमा घरेलु टोली युगान्डाले हङकङलाई ८ विकेटले हरायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।