उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – बुटवलमा विद्युत् प्रसारण लाइनको चार खुट्टा भएको टावर हटाएर मोनोपोल अर्थात् एउटा मात्रै खुट्टा भएको टावर राख्ने काम थालिएको छ । बुटवल उपमहानगरपालिका–११ कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम भइरहेको हो ।
बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको चार खुट्टा भएको टावरलाई हटाएर योगिकुटी–होराइजन चोक सडक खण्डमा मोनोपोल राख्ने काम चलिरहेको विद्युत् प्राधिकरणले जनाएको छ । झन्डै एक किलोमिटर सडक खण्डको बीचमा रहेका चारवटा टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउण्डेसन) निर्माण भइरहेको छ । फाउण्डेसनको काम १५ दिनभित्रमा सकिने छ । यो सडक खण्डमा ३०/३० मिटरका दुईवटा र ३२/३२ मिटरका दुईवटा मोनोपोल जडान गरिने छ ।
प्रसारण लाइनलाई झन्डै १५ दिन बन्द अर्थात् (सटडाउन) गरेर मोनोपोल जडान गरिने छ । पुरानो टावरलाई हटाइने छ । साथै, तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी गर्मी शुरु हुनुभन्दा पहिले नै मोनोपोल जडान गरिसक्न आग्रह गर्नुभएको छ । गर्मीमा बुटवल क्षेत्रमा विद्युतको माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन गर्न समस्या हुने भएकाले तत्कालै काम सक्न कार्यकारी निर्देशक घिसिङले बुटवल ग्रीड महाशाखालाई निर्देशन दिनुभएको हो ।
अहिले सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ । तर मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी झन्डै नौ मिटर हुनेछ । साथै सम्भावित दुर्घटनाको जोखिम कम हुनेछ । मोनोपोल निर्माणका लागि तीन करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम आउँदो जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।