वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र हङकङ खेल्दै
चैत १, २०८१ शुक्रबार
काठमाडौं – नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ ।
त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ ।
त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको छ । भूमिगत रुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकार्य निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाईनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।
ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीयबासीको अवरोध हटाएर सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।
निर्माणका लागि अहिले २ सय ७० श्रमिकले काम गरिरहेका छन् ।
रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका गर्नुभएको थियो ।
‘स्थानीयलाई मिलाउँछौं, गृह मन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौ, रुख कटानमा रहेको समस्या समाधान गछौं’,मन्त्री पुनले भन्नुभयो, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नु पर्छ ।’
मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत पर्ने ६ सय ८२ वटा रुख काट्न स्वीकृति दिएको थियो । तर, अहिले प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नु पर्ने रुखको संख्या घटेर ३ सय ३६वटा पुगेको छ ।
रुख कटानका स्वीकृतिका लागि फाइन वन विभागका पुगेगको छ ।
रुखको संख्या घटेकाले स्वीकृतिका लागि पुन पेश गर्नु परेको आयोजनाले जनाएको छ । काट्नु पर्ने रुखमा टाँचा लगाइसकिएको छ ।
भूमिगत लाइनका लागि सडक खनिएकाले वर्खाकोबेला हिलो भएकाले स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।
मन्त्री पुनले हिलो बाटोमा ढुंटा, गिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोही अनुसार गर्न निर्देशन दिएका छन् ।
प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली एको विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो ।
माथिल्लो त्रिशूली एको निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ । त्यसले पनि प्रसारण लाइन सोही अवधिभित्र बनासक्नु दवाव छ ।
४५ किलोमिटर प्रसारण लाइनको १सय ४० वटा टावरमध्ये १ सय २७को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिनुभयो ।
यो प्रसारण लाइन आगामि दिनमा त्रिशूली करिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रबिन भट्टराई
Aug. 6, 2018, 9:06 p.m.हाम्रो तिर जमिन माथी बाट त अेैले सम्म ाआएको छैन राजधानी मा भुमिगत 😀😀 भन्नु केही छैन सरकार 😐😐 बिजुलि नपुगेको ठााउ तिर प्रथामिकता दिन मिल्दैन र ??? हामी सधै अन्धकार मै बस्नी ?? 😑😑 सबै ठााउ मा पुग्नु पर्यो बिजुली बत्ती 💕