खरबारीमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको ज्यान गयो

 चैत २, २०८१ शनिबार १२:२३:४ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सल्यान – सल्यानमा खरबारीमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरमा खरबारीमा लागेको आगो निभाउने क्रममा ६५ वर्षीय प्रेमबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमान् र श्रीमती घाँस काट्न गएको बेला खरबारीमा आगलागी भएको थियो । आगो निभाउने क्रममा बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

यसैबीच सल्यानको कपुरकोट गाउँपालिका–६ रातामाटामा आगलागी हुँदा झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । देवीराम बोहराको दुईतले कच्ची घरमा विद्युत् शर्ट भएर आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले घरमा लागेको आगो निभाएका थिए ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया