अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सम्बन्धले मस्कको कम्पनी टेस्ला समस्यामा
चैत २, २०८१ शनिबार
काठमाण्डौ – काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल र काठमाण्डौ महानगरपालिका–३२ तिनकुनेमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।
सुन्दरीजलमा हिजो बेलुका भएको दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका अनुज ढकालको ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ । बा ५ ख ११६८ नम्बरको टिपरले ढकाल चढेको बा ४८ प ३६४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।
यस्तै आज बिहान काठमाण्डौ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका–११ घर भई ललितपुरको धापाखेल बस्ने २६ वर्षका सुकराम तामाङको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
बिहान साढे चार बजे ठक्करबाट घाइते तामाङको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो । दुर्घटनामा काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपरीक्षक बोहराका अनुसार रा १ ख २६२२ नम्बरको टिपर विमानस्थलको कार्गोभित्र फेला परेको छ । चालकको खोजी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।