म्याग्दीको रुममा स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
चैत २, २०८१ शनिबार
डडेलधुरा – सुदूरपश्चिममा भिटौला पर्व शुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौलामा विशेषगरी बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीलाई माइती पक्षका दाजुभाइले भेट्ने चलन छ ।
चैत शुरू भएसँगै चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने गर्छन् । बैतडीको पाटन नगपालिका–१० की जानकी भट्टका अनुसार यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसूस हुन्छ, पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता छ ।
भिटौलोमा माइतीले मीठा खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई गाउँ छिमेकमा बाँड्ने चलन रहेको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताउनुभयो ।
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको जानकार मुरलीधर अवस्थी बताउनुहुन्छ ।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ ।
भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।