माेटरसाइकल दुर्घटनामा घाइते भएका बर्दियाको चुरे माविका पूर्वशिक्षक थारुको ज्यान गयो

 चैत २, २०८१ शनिबार १२:२३:८ | भावुक योगी
unn.prixa.net

बर्दिया – मोटरसाइकल दुर्घटनामा घाइते भएका बर्दियाको ठाकुरबाबा नगरपालिका–५ बनकट्टी गाउँका मक्कुराम थारुको उपचारका क्रममा ज्यान गएको छ ।

चुरे माध्यमिक विद्यालय बगनाहाका पूर्वशिक्षक एवम् चुरे क्याम्पसका पूर्वलेखापाल ६३ वर्षीय थारुको उपचारका क्रममा नेपालगञ्जमा ज्यान गएको हो ।

बर्दियाको भुरीगाउँ–गुलरिया हुलाकी सडक खण्डअन्तर्गत ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजार नजिक गएको फागुन १६ गते मोटरसाइकल दुर्घटना हुँदा ५८ वर्षीय दरबारिया थारुको घटनास्थलमै ज्यान गएको थियो भने मक्कुराम थारु घाइते हुनुभएको थियो ।

मक्कुराम थारु २०७४ को पालिका चुनावमा ठाकुरबाबा नगरपालिकाको मेयर पदका उम्मेदवार हुनुहुन्थ्यो तर उहाँ पराजित हुनुभएको थियो ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया