अमेरिकी राष्ट्रपति ट्रम्पसँगको सम्बन्धले मस्कको कम्पनी टेस्ला समस्यामा
चैत २, २०८१ शनिबार
काठमाण्डौ – तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका दश जना बिरामी भएका हुन् ।
बिरामी हुनेहरूमा नारायण मगरसहित व्यास नगरपालिका–६ का गुरुबहादुर पुलामी, सुरेन्द्रबहादुर पुलामी, पवित्रा मगर, तिलबहादुर थापा मगर, चक्रबहादुर पुलामी, आरती पुलामी, केशव पुलामी, सीता पुलामी र चार वर्षीय सबिन पुलामी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो बेलुका उनीहरूले च्याउ खाएका थिए । सबै बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।