इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
चैत २, २०८१ शनिबार
काठमाण्डौ – सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउन खटाइएको ‘आइसफल डाक्टर’को टोली आधारशिविर पुगेका छन् ।
उनीहरुले आधारशिविर ‘क्याम्प सेट’ शुरू गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।
आउँदो हप्तादेखि टोलीले बाटो बनाउन शुरू गर्नेछ । आइसफल डाक्टरको टोलीले दोस्रो शिविरसम्म डोरी टाँग्ने, भर्याङ राख्नेलगायतका काम गर्नेछन् ।
यस पटक छिरिङ तेन्जिङ शेर्पासहित आठ जनाको टोली खटिएका छन् । सहयोगीसहित ३० जनाको टोलीले एक महिनासम्म काम गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
![]() |
सगरमाथा आरोहणको तयारी तीव्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ |
आधारशिविरदेखि खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको रुट खोल्ने जिम्मा पर्यटन विभागले सन् १९९७ देखि एसपीसीसीलाई दिँदै आएको हो ।
आइसफल डाक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको ‘रुट’ तयार गरिसकेपछि मात्र आरोहीहरुले आरोहण गर्ने र त्यस भन्दामाथिको ‘रोप पिक्सिङ’को अनुमति पाउँछन् ।
यसवर्ष दोस्रो शिविरसम्म रुट खोल्नका लागि झण्डै ८० लाख रुपैयाँ लाग्ने अनुमान छ । सगरमाथाको दोस्रो शिविरसम्म जाने बाटो निर्माण गर्न खुम्बु आइसफल क्षेत्र जोखिमयुक्त भाग हो ।
आइसफल डाक्टरले जोखिमपूर्ण ठाउँमा भर्याङ राख्ने, डोरी टाँग्ने, हिउँ तथा बरफको अस्थिर संरचनालाई हटाउने गर्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।