वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र हङकङ खेल्दै
चैत १, २०८१ शुक्रबार
काठमाडाैं - अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलार्इ नेपालको आर्थिक वृद्धि, सामाजिक न्याय सहितको विकास र समृिद्धको लक्ष्यमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाइ न्युयाेर्कमा संबाेधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभयो ।
नेपालले निरन्तर सुधारलाइ अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले सन् २०३० सम्म मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोचसहित प्राथमिकता तोकेर अगाडि बढेको बताउनुभयो ।
मंगलबारदेखि तीन दिनसम्म चल्ने बैठकमा नेपालको तर्फबाट मन्त्री खतिवडासँगै अमेरिकाको लागि नेपाली राजदूत अर्जुन कुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सह-सचिव श्रीकृष्ण नेपाल सहभागी हुनुहुन्छ ।
बैठकमा विश्व बैंकका पदाधिकारीहरुले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजस्वको दिगोपना, समग्र व्यावसायिक वातावरण सम्बन्धमा जिज्ञासा राखेका थिए ।
यस्तै मंगलबार नै विश्व बैकको मुख्यालय वासिङटन डीसीमा माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष श्री हार्टविग सेफरबीच भेटवार्ता पनि भएको छ ।
भेटमा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालमा संघीयता कार्यान्वयनको दिगोपनाको अवस्था बारे जिज्ञाशा राख्नु भएको नेपाली दुतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।