फ्रि भिसा, रोजगारीको ग्यारेन्टी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा ...
चैत १, २०८१ शुक्रबार
काठमाडौं- सहकारीको बचतलाई उत्पादनमा परिचालन गर्ने प्रतिवद्धतासहित १२ बुँदे घोषणापत्र जारी गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को तेस्रो शिखर गोष्ठी सम्पन्न भएको छ ।
काठमाडौंमा दुई दिनसम्म चलेको गोष्ठीले वित्तिय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गरी विपन्न वर्गमा उद्यमशीलता, स्वरोजगारी र बचत वृद्धि गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यस्तै घोषणापत्रमा स्थानीय तह, प्रदेश र संघमा कानुनी संहितालाई व्यवस्थित र साकोसमैत्री बनाउन संघको अगुवाई र पहलमा भूमिका निर्वाह गर्ने, सहकारी ऐन २०७४ ले व्यवस्था गरेको स्थिरीकरण कोषलाई जोखिम बहन गर्न सक्ने तहमा पु-याउन पहल गर्ने उल्लेख गरिएको छ ।
सदस्यको बचत तथा शेयर सुरक्षाको लागि संचालन हुने सुरक्षण कोषको प्रभावकारी संचालन गर्ने, साकोस एकरुपता प्रणाली कार्यान्वयनको लागि संघको अगुवाईमा नीति, विधि र प्रविधिको अवलम्बन गर्ने नीति पनि अगाडि सारेको छ ।
साकोस क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न संघको तालिम केन्द्रलाई व्यवस्थित रुपमा विकास एवम् प्रयोग गरी मानव संसाधन श्रोत केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
सहकारीको जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितताका कार्यक्रम विस्तार गर्ने, वित्तीय क्षेत्रमा नविनतम प्रविधिहरुको विकास एवं उपलब्ध प्रविधिहरुको अबलम्बन गर्दै उच्चस्तरको प्रतिष्पर्धी र भरपर्दो विधुतिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ ।
गुणस्तरीय र सक्षम संस्था निर्माणको लागि एकिकरण अभियानलाई अगाडि बढाउने, सदस्यहरुलाई स्थानीय श्रोतमा आधारित प्रतिस्पर्धी उत्पादनमा लगानी केन्द्रित गर्दै व्यवसाय विकास केन्द्र स्थापना गरी बजारीकरण गर्न प्रोत्साहन गर्ने पनि घोषणापत्रमा समेटिएको छ ।
घोषणापत्रमा साकोस मार्फत प्रदान गरिने सेवालाई मानव जीवन र सामुहिक समृद्धिप्रति जिम्मेवार बनाई दिगो विकास लक्ष्य प्राप्तिमा योगदान गर्न प्रतिवद्ध भएको उल्लेख छ ।
समावेशी आर्थिक विकास, सञ्जालिकृत साकोस अभियानको लागि कानूनी संंहिताको पूनर्संरचना भन्ने मूल नाराका साथ विहीबारबाट सुरु भएको गोष्ठी शुक्रबार सम्पन्न भएको हो ।
यस्तै समापन कार्यक्रमलार्इ सम्बाेधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । मन्त्री खनालले कृषि, पर्यटन र उर्जामा लगानी गर्न आग्रह गर्नुभयाे ।
सहकारीबाट उत्पादन सुनिश्चित अहिलेको आवश्यकता भएको भन्दै सहकारीले प्रर्याप्त मात्रामा उद्यमशीलता र रोजगारी सिर्जना गर्न नसकेको बताउनुभयो ।
सहकारीलाई व्यवसायिक बन्न आग्रह गर्दै उहाँले कृषिमा आत्मनिर्भर हुने गरि काम अगाडी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कृषिमा गरिएको लगानी र संरचना परिवर्तन नगर्दासम्म कृषिमा आत्मनिर्भर सम्भव नभएको उहाँको भनाई थियो ।
खाडी मुलुकमा रहेको २८ लाख युवा तथा स्वदेशमा रहेका बेरोजगार युवालाई परिचालन गर्नेगरी सहकारी तथा राज्य मिलेर बृहत कृषि योजना ल्याउनुपर्नेमा उहाँको जोड थियो
। सरकारको मुख्य एजेन्डा आर्थिक समृद्धि भएको भन्दै मन्त्री खनालले आर्थिक विकास र सुशासनमा केन्द्रीत भएर उत्पादनमा प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।
नियमावली, ऐनले सहकारीलाई लगानीमा प्राथमिकता दिन नसकेको भए अझै सहजीकरण गर्न सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डबी बस्नेत, महासचिव चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष केशव पोखरेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दुई दिनसम्म चलेको गोष्ठीमा देशभरबाट ६ सय भन्दा बढी सहकारीकर्मी र अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।