बैंकहरुले तत्काल ऋणको ब्याजदर नघटाउने

 साउन २४, २०७५ बिहीबार १४:४९:२८ | उज्यालो सहकर्मी

काठमाडौं – बैंकर्स एसोसियशन अफ् नेपालले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने स्पष्ट पारेको छ । 

बैंकर्स एशोसिएसन अफ् नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने प्रष्टयाउनु भएको हो ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन निर्देशन दिइरहँदा एशोसिएसनले तत्काल त्यसो गर्न नसकिने जवाफ दिएको हो । एशोसिएसनका अध्यक्ष ढुंगानाले कर्जाको तत्काल ब्याजदर २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको तर्क पनि गर्नुभयो । 

उहाँले असोजबाट भने कर्जाको ब्याजदर घटाउन सकिने योजना पनि अघि सार्नुभयो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले बैंकहरुले लगानीलाई आकर्षण गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष ढुंगानाले बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएकाले पनि कर्जाको ब्याजदर तत्काल घटाउन सकिने अवस्था नरहेको पनि बताउनुभयो । देशका विभिन्न भागमा शाखा कार्यालयहरु स्थापना गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएको एशोसिएसनको स्पष्टिकरण छ ।

अध्यक्ष ढुंगानाले बैंकहरुले देशभर सेवा प्रवाहका लागि शाखा विस्तारको काम गर्दा पनि आलोचना हुने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया