काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार, भिजिबिलिटी ...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सरकारले गएको आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व उठाएको दाबी गरेको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले फरक फरक तथ्यांक सार्वजनिक गरे पनि राजश्व भने लक्ष्यका हाराहारीमा संकलन भएको छ ।
अर्थ मन्त्रालयले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । बेरुजु रकम समेत जोड्दा ७ खर्ब ६६ अर्ब रुपैयाँ राजश्व संकलन भएको अर्थको दावी छ । तर सरकारी आय व्ययको हिसाबकिताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले भने ७ खर्ब २६ अर्ब ६२ करोड रुपैँया मात्रै राजश्व संकलन भएको छ ।
सरकारले आर्थिक बर्ष २०७४/७५ मा उठाएको राजश्वको जिल्लागत विवरण पनि सार्वजनिक गरेको छ । जिल्लागत विवरणमा सबैभन्दा धेरै राजश्व ललितपुरले उठाएको छ । कर तथा गैरकर गरेर ललितपुरले १ खर्ब ७६ अर्ब रुपैँया राजश्व उठाएको छ । यसैगरी पर्सा जिल्लामा १ खर्ब ६३ अर्ब ९६ करोड रुपैयाँ राजश्व उठाएको छ । रुकुम पूर्वमा सबैभन्दा कम ३१ लाख ६१ हजार रुपैँया मात्रै राजश्व संकलन भएको छ । हेर्नुहोस् कुन जिल्लाले कति राजश्व उठाए :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।