काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार, भिजिबिलिटी ...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सरकारले गएको आर्थिक वर्षमा झण्डै ८० प्रतिशत पुँजीगत अर्थात् विकास खर्च गरेको छ । पछिल्ला ४ वर्षयताकै सबैभन्दा धेरै विकास खर्च भयो भनेर अर्थ मन्त्रालय मख्ख परेको छ । तर बजेट खर्चको हिसाव किताव राख्ने महालेखा नियन्त्रकको कार्यालयले भने असारमा मात्रै झण्डै ३२ प्रतिशत खर्च भएको तथ्याँक निकालेको छ ।
गएको आर्थिक वर्षमा सरकारले ३ खर्व ३५ अर्व १७ करोड रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो । सरकारले २ खर्ब ६७ अर्ब २५ करोड रुपैयाँ विकास खर्च गरेको छ । यो रकम असारमा धेरै भएको पाइएको छ । असारमा कुनै दिन २७ अर्ब रुपैयाँसम्मको चेक पनि काटियो भने बिदाको दिन पनि ९ अर्ब रुपैयाँसम्मका भुक्तानी भएको थियो । असारे विकासकै कारण पुँजीगत खर्च बढेको भनेर आलोचना पनि भएको छ ।
तर अर्थ मन्त्रालयले भने पुरानो भुक्तानी, र विकास आयोजनामा थप ६४ अर्ब रुपैयाँ भुक्तानी दिएकाले पुँजीगत खर्च बढेको जानकारी दिइसकेको छ ।
जब आर्थिक वर्ष सकिने बेला आउँछ, तब मात्रै सरकार विकास खर्च गर्न तात्तिन्छ भन्ने प्रष्ट उदाहरण आर्थिक वर्ष २०७४/७५ को विकास खर्चले देखाएको छ ।
आर्थिक वर्षको सुरुको महिना साउनमा जम्मा ३५ करोड १४ लाख रुपैयाँ विकास बजेट खर्च भएकोमा आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा भने १ खर्ब ५ अर्ब २९ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ ।
साउन : ३५ करोड १४ लाख ५१ हजार रुपैयाँ
भदौ : ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ
असोज : ११ अर्ब २९ करोड ५४ लाख रुपैयाँ
कात्तिक : ६ अर्ब ४ करोड ९९ लाख रुपैयाँ
मंसिर : ९ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ
पुस : १६ अर्ब ८९ करोड ८७ लाख रुपैयाँ
माघ : १७ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ
फागुन : २८ अर्ब १ करोड ५३ लाख रुपैयाँ
चैत : २४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ
वैशाख : १६ अर्ब ९ करोड ३३ लाख रुपैयाँ
जेठ : २७ अर्ब १४ करोड १६ लाख रुपैयाँ
असार : १ खर्ब ५ अर्ब २९ करोड ७२ लाख रुपैयाँ
गएको आर्थिक वर्षमा सरकारले १० खर्ब ७३ अर्बै रुपैयाँया बजेट छुट्याएको थियो । पुँजीगत तर्फ ३ अर्ब ३५ अर्ब १७ करोड रक छुट्याएकोमा २ खर्ब ६७ अर्ब रुपैयाँ खर्च भएको छ ।
यस्तै चालुतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ छुट्याइएकोमा ६ खर्ब ८६ अर्ब ३२ करोड रुपैयाँ खर्च भयो ।
यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ छुट्याइएकोमा १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको छ । पुँजीगत, चालु र वित्तीय तीनवटै क्षेत्रको खर्च हेर्ने हो भने असारमा मात्रै २ खर्ब ११ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।