बैंक गतिबिधि : एनआईसी एसियाको क्युआर कोड, मुक्तिनाथको आवास कर्जा

 साउन २१, २०७५ सोमबार १२:४४:५२ | उज्यालो सहकर्मी

काठमाडौं - एनआईसी एशिया बैंकले ‘क्युआर कोड’ भुक्तानी संचालनमा ल्याएको छ । बैंकले ल्याएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले प्रयोगमा ल्याउन सक्नेछन । ग्राहकले क्युआर कोडमार्फत मोबाईल पे तथा स्क्यान गरेर पनि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले यो सेवा लिन स्मार्ट फोन प्रयोग गरी एप डाउनलोड गर्ने र एप मार्फत क्युआर कोड प्रयोग गरी भुक्तानी दिन सकिने बैंकले जानकारी दिएको छ । बैंकले २ सय ३४ शाखा, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर तथा १६ वटा शाखारहित बैंकिङमार्फत सेवा दिंदै आएको छ । 

मुक्तिनाथ आवास कर्जा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आवास कर्जा’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले २० वर्षसम्मको कर्जा अवधि राखी १० लाख देखि ५ करोड रुपैयाँ सम्मको कर्जा सुविधा लिन सक्नेछन् । बैंकले नियमति रुपमा किस्ता बुझाउने ग्राहकाई प्रशासनिक शुल्क फिर्ता गर्ने भएको छ भने पहिलो १ वर्षको लागि नि:शुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा समेत दिने भएको छ ।

कुल कर्जाको आधा रकमलाई किस्ताबन्दीमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी मुक्तिनाथ आवास कर्जा ल्याएको बैंकले जानकारी दिएको छ । यस योजनामा न्यून आय भएका ग्राहकलाई समेत आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुनै बैंकले विस्वास लिएको छ । कर्जाबाट ग्राहकले जग्गा तथा घर खरिद गर्न सक्नेछन् । आफ्ना सबै शाखा कार्यालयहरुबाट यो सेवा लिन सकिने बैंकले जनाएको छ ।


 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया