ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ सेवा थप सहज

 साउन १२, २०७५ शनिबार ९:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई नयाँ रुपमा ल्याएको छ । शुक्रबारदेखि अद्यावधिक गरिएको मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत क्यूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणालीसमेत अपनाइएको छ ।

नयाँ ग्लोबल स्मार्ट सुविधाअन्तर्गत ग्राहक आफैंले बैंकमा नगइकन आफैं यस्तो सेवा सुरु गर्न सक्ने सुविधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिनेछ ।

त्यसैगरी फोनेपीको नेटवर्कमा रहेका विभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ । थप गरिएका अरु विशेषतामा अकाउन्ट ड्यासबोर्ड र क्यालेन्डर इन्ट्रिगेसन सुविधा पनि रहेको छ ।

यसअघि ग्लोबल स्मार्टमार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटीएम पत्ता लगाउन, आफू रहेको स्थानको लोकेसन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेको थियो।

ग्राहकले गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध ग्लोबल स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रकाश सिलवाल

    July 28, 2018, 9:39 a.m.

    पैसा कै पुरानो राम्रो नयाँ त सारै नहुने ३ पटक सम्म लग-ईन गरेको भएन अनि एकाउन्ट नै ब्लक गरिदियो

  •  0 Reply

तपाईको प्रतिक्रिया