अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ घट्यो
चैत १, २०८१ शुक्रबार
खोटाङ – काम सम्पन्न नहुँदै खोटाङको थामखर्क विमानस्थल कालोपत्रेका कामको सम्झौता म्याद सकिएको छ ।
खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित विमानस्थल कालोपत्रेको काम गएको असार मसान्तभित्र पूरा गर्नुपर्ने भए पनि निर्माण कम्पनीको ढिलासुस्तीले म्याद गुज्रेको हो । २०७५ साल असार मसान्तभित्रमा सम्पन्न गर्नेगरी रौता कन्ट्रक्सनले २०७३ सालबाट प्रारम्भिक चरणका काम सुरु गरेको विमानस्थलको कालोपत्रेका काम हालसम्म ७५ प्रतिशत मात्र सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले बताउनुभयो ।
२ वर्षमै पूरा गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरणको ९ करोड २५ लाख २९ हजार रुपैयाँको लागतमा विमानस्थल कालोपत्रेका काम थालिएको हो । तर, विमानस्थल कालोपेत्रका काममा ठेकेदारको चरम ढिलासुस्ती भएको जनगुनासो छ । इन्जिनियर श्रेष्ठले वर्षा रोकिएपछि दुई महिनाभित्रै विमानस्थल कालोपत्रेका काम सम्पन्न हुने बताउनुभयो ।
खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम ढिलाई भएपछि खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारण आक्रोशित छन् । कालोपत्रेका काम सुरु गरिएसँगै थामखर्कमा २०७३ साल चैत्र १३ गतेदेखि उडान बन्द छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।