फ्रि भिसा, रोजगारीको ग्यारेन्टी र डिपेन्डेन्ट भिसाको प्रलोभनमा ...
चैत १, २०८१ शुक्रबार
काठमाडाैं – भारतले भूकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।
नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो रकम उपलब्ध गराएको हो ।
दाता सम्मेलनमा एक खर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको भारतले झण्डै ३ वर्षपछि पहिलो चरणको रकम उपलब्ध गराएको हो । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
यो रकम गोर्खा र नुवाकोटमा भुकम्प प्रभावितका लागि ४२ हजार ८६ वटा निजी घर निर्माणमा प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ । भारतले दिने भनि प्रतिबद्धता जनाएको रकमको २५ प्रतिशत रकम अनुदान र बाँकी ७५ प्रतिश रकम ऋण हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।