काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार, भिजिबिलिटी ...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – सरकारले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न सहुलियतमा ऋण दिने भएको छ ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा नविकरणीय उर्जाबाट चल्ने सवारी साधनलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ । नीतिमा नविकरणीय उर्जाबाट चल्ने गाडीलाई दिइने कर्जालाई पनि प्राथमिकता प्राप्त कर्जामा गणना गर्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले छट्याएका प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरुले २५ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । नविकरणीय उर्जाबाट चल्ने गाडी पनि प्राथमिकताको क्षेत्रमा परेसँगै अब बैंकहरुले सहुलियतमा कर्जा दिनुपर्ने हुन्छ ।
‘अब बैंकहरुले विद्युतीय गाडीलाई पनि प्राथमिकता प्राप्त क्षेत्रको रुपमा लिएर सहुलियतमा लगानी गर्नुपर्ने हुन्छ, सरकारले पेट्रिलियम गाडीको संख्या कम गराउने नीति ल्याएसँगै हामीले पनि यसलाई प्राथमिकतामा राखेका हौं’, नेपाल राष्ट्र बैंकको अनुसन्धान विमागका प्रमुख नरबहादुर थापाले उज्यालो अनलाइनसँग भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रघु वन्त
July 11, 2018, 11:14 p.m.यो सहुलियत बििग हाउस र धनीहरु ले बुक गरि सकेकाे हुनु पछ ।
Sri Krishna Basnet
July 11, 2018, 10:47 p.m.I m happy with the policy. It's save our environment and life. The interest percentage low and the process should be easy
प्रकाशराज थपलिया
July 11, 2018, 10:20 p.m.सफा टेम्पोको विषयमा के हुदैछ ? यो पनि वैद्युतिय सवारी हुनाले यसलाईपनी अलि प्राथमिकता दिएर सुबिधा दिनुपर्ने देखिन्छ ।
Nabin
July 11, 2018, 9:47 p.m.सर्बप्रथम देशमा बिजुलिको भार दोस्रो कमिशन र लगानिकर्ता लाई च्रर्को मुल्य चुकाउनु पर्ने खेल बाहेक केहि देख्दिन यो प्रोत्सानमा ।
मधु सुदन खनाल
July 11, 2018, 9:31 p.m.कुन साधनलाइ कति %ब्याज हो ।कुन कुन बैंकले लगानि गर्छन ?
बुद्धि शर्मा
July 11, 2018, 9:25 p.m.राम्रो खबर ।
अनिरुद्ध
July 11, 2018, 9:25 p.m.यी सब कुराको निति मात्र होईन की।व्यवहारमा ल्याउनुपर्छ।
Bhawani ghimire
July 11, 2018, 9:17 p.m.100% right
Bimal
July 11, 2018, 9:13 p.m.This is not enough to encourage electric vehicles, there has to be done much to it.....at least to start with have a huge reduction on tax rates for electric vehicles so that they could become more appealing to prospective buyers.