काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रको मौसम सुधार, भिजिबिलिटी ...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ ।
नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालिका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गर्नुभएको हो ।
प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) सम्म ८ रुपैयाँ ४० पैसा र वर्षायाम (१६ जेठ–१५ मंसिर) सम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।
एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उहाँले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ ।
अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनाउनेलगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटमा रहेको त्रिशुली ३ बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।