बजेटले संघीयतालाई आत्मसाथ गरेको छ  : अर्थमन्त्री खतिवडा

 असार २५, २०७५ सोमबार १३:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भूगोल जनसंख्यालाई आधार बनाएर गरिएको बजेट विनियोजनले संघीयतालाई आत्मसाथ गरेको दाबी गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाउँदै अन्य परिसूचकलाई पनि मध्यनजर गरी सन्तुलित ढंगले बजेट आएको बताउनुभएको हो । उहाँले भूगोल र जनसंख्याको सन्तुलनलाई बुझिदिन आग्रह पनि गर्नुभयोे । उहाँले बजेटले संघीयतालाई आत्मसाथ गरेको दावी पनि गर्नुभयो ।

समित साधनलाई असीमित प्राथमिकतामा बाँड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भए पनि प्रदेश र स्थानीय तहमा पनि विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने तर्क उहाँले गर्नुभयो । उहाँले संघको बजेट मात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताउनुभयो । उहाँले बजेट कार्यान्वयको सवालमा सरकार गम्भीर रहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्यहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए ।

चौमासिक बजेटका कारणले शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै उहाँले चौमासिक बजेट पठाउन ढिलाई नभएको दावी गर्नुभयो । उहाँले ब्याजदरका सम्बन्धमा भने केन्द्रीय बैकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले भारतीय ५ सय र १ हजारका नोट सटहीका लागि भारत सरकारसँग छलफल भैरहेको जानकारी दिनुभयो । विशेष गरेर ५ सय र १ हजार दरका भारतीय रुपैयाँ सटहीको व्यवस्था नहुँदा सीमा क्षेत्रमा भएको असुविधा प्रति भारत सरकारसँग नया ढंगले छलफल अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया