माओवादीको एक महिने मधेश जागरण अभियान स्थगित
फागुन २४, २०८१ शनिबार
काठमाण्डौ – जनकपुरबाट आएको बुद्ध एअरको एउटा विमान पाङ्ग्राविना नै काठमाण्डौमा सकुशल अवतरण गरेको छ ।
हिजो दिउँसो जनकपुरबाट काठमाण्डौका लागि आएको विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्राविना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’
बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाण्डौ उडान नम्बर ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाण्डौमा सुरक्षित अवतरण गरेको बताउनुभयो । ‘जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।