सोलुखुम्बुमा परम्परागत बाली लगाउन कठिन हुँदै, जग्गा बाँझै छोड्नुपर्ने अवस्था

 फागुन २४, २०८१ शनिबार १२:१९:३५ | रासस
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा परम्परागत रूपमा उब्जनी हुँदै आएका गहुँ, जौ, फापरजस्ता अन्नबाली लगाउन कठिन हुँदै गएको छ । पहिला–पहिला उवा, फापर प्रशस्त फल्ने गरेकाेमा अहिले खेतीयोग्य जमिन बाँझै छोड्नुपर्ने अवस्था आएको किसानले बताएका छन् ।

खेती लगाए पनि गतिलो उब्जनी नहुँदा खेती लगाउनै छोडेको खुम्बुको छुकुमका तेन्जिङ जाङ्बु शेर्पाले बताउनुभयो । परम्परागत कृषि बालीको उत्पादन हुन छोडेसँगै खुम्बु क्षेत्रका नागरिकमा खाद्य सुरक्षा चिन्ताको विषय बनेको छ ।

पोषण अभावले बालबालिका, महिला तथा गर्भवतीको स्वास्थ्य झन् कमजोर बन्ने जोखिम रहेको स्थानीय स्वास्थ्यकर्मी ङिमडोमा शेर्पा बताउनुहुन्छ । वातावरणविद् डा. राजन थापाका अनुसार समयमा हिमपात नहुँदा जमिन सुक्खा हुँदै गएका छन्, पानीको अभाव बढ्दो छ । यसलाई मौसमी चक्र गडबडका रूपमा लिन सकिने उहाँको भनाइ छ ।

खेती भएन भनेर खेतबारी बाँझो छोड्ने क्रम बढ्नु थप चिन्ताको विषय रहेको कृषि विज्ञले बताएका छन् । साना किसानलाई जलवायु अनुकूल खेती अभ्यास, सिँचाइका लागि वैकल्पिक उपाय तथा जैविक कृषिलाई प्रवर्द्धन गर्ने नीति आवश्यक रहेको कृषि विज्ञ चन्द्रमान श्रेष्ठले बताउनुभएको छ ।

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया