एनओसी अनलाइन प्रणाली भोलिसम्म बन्द
चैत १, २०८१ शुक्रबार
काठमाडौं – बैंक तथा वित्तिय क्षेत्रको पहुँचका हिसाबले प्रदेश नम्बर २ अन्य प्रदेश भन्दा पछि परेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार देशभर वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा छन् ।
सबैभन्दा धेरै शाखा प्रदेश नम्बर ३ मा छन् भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा छन् । तर कर्णाली प्रदेशमा भन्दा धेरै बैंक तथा वित्तिय संस्थाका शाखा प्रदेश २ मा भए पनि जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रदेश २ पछि परेको छ ।
कर्णाली प्रदेशमा १३ हजार ८ सय ३३ जनसंख्या बराबर एउटा शाखा रहेको छ भने प्रदेश २ मा १७ हजार ९ सय ७३ जनसंख्या बराबर एउटा शाखा रहेको छ ।
क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाको प्रति शाखा जनसंख्यालाई हेर्दा प्रदेश २ ले मा एक शाखाले १७ हजार भन्दा धेरै नागकिरलाई सेवा पुर्याएको छ भने प्रदेश ३ मा सबैभन्दा कम ४ हजार ६ सय ४० जनसंख्यालाई सेवा सेवा दिएको छ ।
केन्द्रीय बैंकको प्रतिवेदन अनुसार प्रदेश १ मा एक शाखाले ८ हजार ३ सय ३७ जनसंख्यालाई सेवा दिइरहेको छ । प्रदेश २ मा १७ हजार ९ सय ७३, प्रदेश ३ मा ४ हजार ८ सय ५३, प्रदेश ४ मा ४ हजार ६ सय ४०, प्रदेश ५ मा ७ हजार ६ सय ९४, कर्णाली प्रदेशमा १३ हजार ८ सय ३३ र प्रदेश ७ मा एक शाखाले १३ हजार ३९ जनसंख्यालाई सेवा दिइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dipesh shah
June 13, 2018, 9:39 a.m.अरु प्रदेश भन्दा २ नं मा यति भेद भाव किन ?के त्यहाँ मधेशी पार्टीको सरकार छ भनेर ....that is not fear...........