भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
बाग्लुङ – बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा झन्डै नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका खत्री यति बेला यस क्षेत्रकै सफल किसानमा गनिनुहुन्छ । विसं २०६६ अघि ज्याला–मजदुरी गर्दै आउनुभएका खत्री कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक हुनुभएको छ ।
खत्रीले अहिले सानाठूला गरी आठ वटा प्लास्टिक टनेलमा तरकारी खेती गर्नुभएकाे छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण यस पटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिनुभयो ।
‘फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा झन्डै नौ केजीको रहेको पाइयो’, खत्रीले भन्नुभयो, ‘लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।’
आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीले मनमा कहिल्यै विदेश जाने योजना नआएको सुनाउनुभयो । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
चार/पाँच किलोसम्मको काउली त फलेकै थिए, यस पटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा झन्डै नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउलीको तौल गरेको तस्बिर तथा श्रव्य–दृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु, खत्रीले भन्नुभयो ।
उहाँले अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको बताउनुभयो । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाउनुभयो ।
तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले झन्डै नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बाग्लुङको ठूलो प्राविधिक सहयोग रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।