अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छाैँ : क्यानडाका भावी प्रध...
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डौमा ११औं नेपाल भूगर्भ सम्मेलन चलिरहेको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउनुभयो ।
केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र पत्ता लगाउन नसकेको भन्दै उहाँले क्षति घटाउने अरू उपायहरूमा सबै लाग्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्न, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवहरूको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
नेपाल भूगर्भ समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदानप्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताउनुभयो ।
भोलिसम्म चल्ने सम्मेलनमा नेपाल सहित भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद् सहभागी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।