अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छाैँ : क्यानडाका भावी प्रध...
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – वीर अस्पतालमा दुई शिफ्टमा शल्यक्रिया सेवा शुरू भएको छ । अस्पतालले नाक, कान, घाँटी, दाँत, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई शिफ्टमा शुरू गरेको हो ।
अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने उदेश्यले केही सेवाहरूमा दुवै शिफ्टमा शल्यक्रिया शुरू गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै सङ्घीय अस्पताललाई दुवै शिफ्टमा बहिरङ्ग (ओपीडी) सेवा आरम्भ गर्न निर्देशन दिनुभएको थियो । त्यहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ ।
वीर अस्पतालले यसअघि नै दुई शिफ्टमा ओपीडी र सार्वजनिक बिदामा सेवा दिन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।