अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्छाैँ : क्यानडाका भावी प्रध...
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले घटेर २ हजार ७ सय ५१ दशमलव ४२ विन्दुमा झरेको छ । शेयर बजार लगातार छैटौं कारोबार दिन घटेको हो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै लगानी र व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज उपकार लघुवित्त कम्पनीको शेयर झन्डै ७ प्रतिशतले घटेको छ । बजार दोहोरो अङ्कले घटेको दिन नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ८ अर्ब ३७ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।