भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
तनहुँ - मुग्लिनबाट पोखराका लागि छुटेकाे बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेकाे हाे ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षीय प्रदीप गोदार छन् ।
त्यस्तै, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षीय सुरन राई, व्यास नगरपालिका वडा नं २ की ३४ वर्षीया पिल्लीमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ की ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षेीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ पनि घाइते भएका छन् ।
भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीकी ४० वर्षीया दीपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्ककी ५० वर्षीया सुमित्रा राई, व्यास नगरपालिका वडा नं ११ मूलपानीकी ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णीमा भट्टराई छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।