तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई पेको “हवाई टिकट काटौँ सुन चाँदी जितौँ” योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ । पहिलो दुई हप्ताको एक भाग्यशाली विजेता सन्देश श्रेष्ठ हुनुभएको छ भने दोस्रो दुई हप्तामा राम पुकार महतोले उपहार जित्नु भएकाे भएकाे छ ।
दुवै जना विजेताले बुद्ध एअरलाइन्स भैरहवाबाट काठमाण्डौ र जनकपुरबाट काठमाण्डाैकाे हवाई टिकेट काट्नुभएको थियो । योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरुमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आईएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा अन्तर्गत घोषणा भइसकेको छ ।
जेठ १ गतेबाट सुरु भएको यस योजनामा आईएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकेट काटेका यात्रुहरुमध्ये योजना अवधिभरि हवाई टिकट बुक गर्ने दुई जना यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्न सफल भएका छन् ।
यात्रुहरुलाई हवाई यात्राकाे उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आईएमई पेले यस्ता योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।