तराई क्षेत्रका युवा उद्यमी किसानका लागि आवासीय कृषि यान्त्रिकी...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ ।
गएको भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्नुभएको थियो ।
मन्त्री पौडेलको उपस्थितिमा भएको सम्झौतापछि अहिलेसम्म १० वटा सङ्घीय अस्पतालका पाँच सय उपकरण मर्मत भएको हो ।
६ सय ६१ वटा उपकरणको मूल्याङ्कन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इन्जिनियर उमेश किरातीले बताउनुभयो । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । बजार मूल्य सर्वेक्षण गर्दा २४ करोड ३० लाख रुपैयाँ लाग्ने जानकारी आएकामा २३ लाख रुपैयाँमै हुनु भनेको निकै कम खर्चमा ती उपकरणको मर्मत भएका उहाँको भनाइ छ ।
यसैबीच करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट आएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने अभियानमा सबैको साथ र सहकार्य निरन्तर रहने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।