प्रतिनिधि सभाबाट पारित भएका पाँच वटा अध्यादेश राष्ट्रिय सभामा निर्णयार्थ पेश हुँदै

 फागुन २२, २०८१ बिहीबार ८:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको हिजोको बैठकले पारित गरेका पाँच वटा अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ पेश हुने भएको छ ।

प्रतिनिधिसभा बैठकमा हिजो ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धि’ अध्यादेश स्वीकार गरियोस् भन्ने सरकारको प्रस्ताव बहुमतबाट पारित भएको थियो ।

आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकबाट पनि पारित भएपछि सरकारलाई प्रतिस्थापन विधेयक संसदमा लैजाने बाटो खुल्नेछ । जसपा नेपालले सघाएपछि सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसद बैठकमा पेश भएको एक महिनाभन्दा बढी समयपछि अघि बढेको हो ।

राष्ट्रिय सभाबाट अध्यादेश र विधेयक पारित गर्न सरकारलाई जसपा नेपालको सहयोग आवश्यक पर्छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिनेमा कांग्रेसका १६, एमालेका १०, मनोनीत १ र लोसपाका १ गरी २८ सांसद छन । ३ सांसद रहेको जसपा नेपालले स्वीकार गर्ने निर्णय लिएपछि बहुमत जुट्ने देखिएको छ ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया