ललितपुरको टीकाथलीमा बोरिङ गर्ने क्रममा निस्किएको आगोको ज्वाला निभाइयो

 फागुन २०, २०८१ मंगलबार १३:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको टीकाथली गोदावरी खोला नजिकै खानेपानीका लागि 'डीप बोरिङ' गर्ने क्रममा आज बिहान आगोको ज्वाला निस्किएको छ ।

बिहान झन्डै साढे ९ बजे निस्किएको आगो दिउँसो १२ बजेतिर नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिनुभयो । आगोको ज्वाला निस्केको क्षेत्र महालक्ष्मी नगरपालिका–५ मा पर्छ ।

बोरिङको पाइप गाडेको ठाउँबाट आगोको ज्वाला निस्केपछि निभाउन केही समय लागेको थियो । झन्डै ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे पनि निभ्न सकेको थिएन । पछि आगो निभाउने प्रविधि प्रयोग गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । अहिले कुनै जोखिम नरहेको उहाँकाे भनाइ छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारीमा आएपछि निभाउन पहल गरिएको बताउनुभयो ।

तस्वीर : उद्धव आत्रेयकाे फेसबुकबाट

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया