प्रतिनिधि सभाबाट पारित भएका पाँच वटा अध्यादेश राष्ट्रिय सभामा...
फागुन २२, २०८१ बिहिबार
यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गर्नुभएको छ । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस (एनपीसी) को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश गर्दै जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन विश्वमै स्थिर र गतिशील आर्थिक वृद्धिदर रहेको देश हो । यस्तै प्रतिवेदनमा सन् २०२५ मा शहरी बेरोजगारी दर झन्डै साढे ५ प्रतिशत रहने उल्लेख छ । प्रतिवेदनमा यस वर्षको बजेट खर्च २९७ ट्रिलियन युआन हुने र यो गएको वर्षको तुलनामा १२ ट्रिलियन युआनले बढी रहेको उल्लेख छ ।
चीनले मध्यम खुकुलो मौद्रिक नीति अपनाउनेछ । घरजग्गा र शेयर बजारको स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवप्रवर्तन, हरित विकास, उपभोगलाई प्रोत्साहन र निजी, साना तथा लघु उद्यमहरूलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवेदनमा उल्लेख छ ।
प्रधानमन्त्रीले १ करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने, उपभोक्ता मूल्यवृद्धि २ प्रतिशत, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन, ७ खर्ब किलो अन्न उत्पादन लगायतका प्रतिबद्धता र लक्ष्यहरू प्रस्तुत गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।