अमेरिकाले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारीहरु नदिने

 फागुन २२, २०८१ बिहीबार ६:३५:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अपराध र युद्धबारे आएका गुप्त जानकारी अर्थात खुफिया जानकारी दिन रोक लगाउनुभएको छ ।

अमेरिकाले सैन्य सहायतामा रोक पछि युक्रेनलाई खुफिया जानकारी दिनसमेत रोक लगाएको ट्रम्प प्रशासनका अधिकारीहरुले पुष्टि गरेका हुन् ।

सहायताहरु कटौती गर्दै युक्रेन सम्बन्धबारे समीक्षा गरिरहेको राष्ट्रिय सल्लाहकार माइक वाल्ट्जलाई उद्धृत गर्दै  बीबीसीले जनाएको छ ।

खुफिया जानकारी रोक्ने निर्णयले रुससँगको युद्धमा युक्रेनलाई गम्भीर असर पर्ने सम्भावना रहेको भन्दै सुरक्षा मामिलाका जानकारहरुले चिन्ता व्यक्त गरेका  छन् ।

गएको शुक्रवार अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीबीच भएको चर्काचर्कीपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सहायता धमाधम कटौती गर्न थालेको छ ।

वाल्ट्जका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समय देखाएको नरम व्यवहार कायम रहने हो र शान्ति वार्ताका लागि अघि बढ्ने हो भने ट्रम्पले लगायका सबै रोक हटाउनका लागि तयार हुने खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया