घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – युराेपेली देश नर्वेमा अघिल्लो वर्ष नयाँ कार किन्नेमध्ये झन्डै ७५ प्रतिशतले विद्युतीय कार किनेका छन् ।
जलवायु परिवर्तनको असर र ऊर्जा सङ्कट कम गर्न विद्युतीय गाडीको प्रयोगलाई प्राथमिकता दिन आह्वान भइरहेका बेला सन् २०२० मा नर्वेका झन्डै ७५ प्रतिशत नयाँ ग्राहकले नवीकरणीय ऊर्जा प्रयोग हुने गाडी प्रयोग गरेका दिगो विकास बारेमा वकालत गरिरहेको वीफोरमले जनाएको छ ।
नर्वेले कर छुटसहित अरू प्रोत्साहनका कार्यक्रम ल्याउनुको साथै विद्युतीय गाडी चार्जका लागि संरचना विस्तार गरेको छ । यस्तै नर्वेले सस्तोमा विद्युत् उपलब्ध गराउँछ ।
सन् २०२० मा आइसल्यान्डमा ४५ प्रतिशत र स्विडेनमा ३२ प्रतिशत नयाँ ग्राहकले विद्युतीय गाडी किनेका छन् । यस्तै चीनमा ६ दशमलव दुई र अमेरिकामा दुई दशमलव तीन प्रतिशत नयाँ ग्राहकले विद्युतीय गाडी किनेका छन् ।
विश्वमा सन् २०१९ को तुलनामा सन् २०२० मा विद्युतीय गाडीको प्रयोग साढे दुई प्रतिशतले बढेको छ । अहिले विश्वमा प्रयोग भइरहेका गाडीमा चार दशमलव दुई प्रतिशत हिस्सा विद्युतीय गाडीको रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।