म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
अमेरिकाको एक कम्पनीले उड्ने कारको नमूना परीक्षण गरेको छ । क्यालिफोर्नियामा रहेको एलेफ एअरोनटिक्स कम्पनीले विश्वको पहिलो उड्ने कार तयार गरेर नमूना परीक्षण गरेको बीबीसीले जनाएको छ ।
यो कारको प्रारम्भिक नमूनाले उडान गरेको दृश्य पनि सार्वजनिक भएको छ । यो कार आकाशमा उडिरहेको भिडियोमा देख्न सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिम डुखोभ्नीले आउँदो एक वर्षमा उपभोक्ताहरूलाई यस्तो कार बेच्ने लक्ष्य राखेको बताउनुभएको छ ।
अहिलेसम्म यस्तो कारका लागि ३ हजारभन्दा धेरै माग आइसकेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उपभोक्ताले ३ लाख अमेरिकी डलरमा विद्युतीय उड्ने कार पाउनेछन् ।
यो कारमा दुई जना मानिस बस्ने सुविधा हुनेछ । यसको उडान क्षमता एक सय १० माइलसम्म हुनेछ भने सडकमा २ सय माइलसम्म यात्रा गर्न सक्नेछ । यो कार अटोपाइलट मोडमा पनि उड्न सक्छ । यो कारमा आठ वटा रोटर छन् जसले कारलाई हावामा सजिलै उठाउन मद्दत गर्दछ ।
कार सडकमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सक्ने र आवश्यक पर्दा तुरुन्तै उड्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।